वीरगंज १ मंसिर/ हरिबोधनी एकादशी तुलसी विवाहको अवसरमा नेपाल भोजपुरी प्रतिष्ठानद्वारा कवी सम्मेलनको आयोजना गरेको छ । बाँकी समाचार.........
माइस्थान चौकमा आयोजित कवि सम्मेलनमा अरुण विक्रम शाह, नन्द किशोर गोयल, दिलिपराज कार्की, विनोद तिमिल्सिना, विनोद मेहता, अच्युत प्रधानाङ, नवराज सत्याल, डा. शशी भुषण वर्णवाल, विराज साह, विरेन्द्र साह, भुपेन्द्र कुशवाहा, राजेन्द्र शर्मा, शोभाकान्त झाले आ-आफ्नो कविता वाचन गर्नुभएको थियो । आयोजित कार्यक्रममा नेपाली कांग्रेस पर्साका दिना प्रसाद गुप्ता, पंडित पुरुषोतम दुवे, गंगा बहादुर थापा, अनिल कुमार गौरब, राम अयोध्या बाबा अधिवक्ता पन्नालाल गुप्ताले भोजपुरी साहित्यको उत्थानको लागि यस क्षेत्रकावासीहरुले एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो । मास्टर तारा सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्राज्ञ दिनेश गुप्ताले ९ जना कविहरुलाई प्रसंसा पत्र वितरण गर्नुभएको थियो । सो कार्यक्रममा राष्ट्रिय सरोकार मञ्चका बरिष्ठ सल्लाहकार नन्द किशोर गोयलले विगतमा गरिएका कार्यक्रमका झलक देखिने एक मायाको चिनो प्रसाद गर्नुभएको थियो । कार्यक्रम संचालन भोजपुरी साहित्य परिषद पर्साका अध्यक्ष ध्रुवलाल सहनीले गर्नुभएको थियो ।
No comments:
Post a Comment