वीरगंज १ मंसिर/ श्री श्याम हनुमान ज्योति मण्डल वीरगन्जको आयोजनामा श्री श्याम प्रभु खाटुवालाको लागि ४२ औ श्री श्याम कार्तिक महोत्सव हिजो देखि वीरगंजमा शुरु भएको छ । बाँकी समाचार.........
बीरगंजको टिवडेवाला विवाह भवनमा भइरहेको सो महोत्सव मानिकचन्द चाचानको अध्यक्षतामा भएको सो महोत्सवमा ५१ घण्टा सम्म ज्योति बाल्नुका साथै भजन संकीर्तन, भव्य श्रृगार, सुन्दर काण्ड, ५६ भोग, सवामणी, निशान शोभा यात्रा र अखण्ड पाठ गरिने बताइएको छ । त्यसैगरी भजन किर्तनका लागि भारतको जयपुरबाट रमेश चौधरी, महेन्द्रगढ हरियाणाका दिपक उजाला, टिना शर्मा, राखी दुसाद र कुमार गिरिराजलाई बोलाइएको सो कार्यक्रमको प्रचार प्रसार व्यापक रुपमा भइरहेको राकेश कुमार बताएका छन् ।
No comments:
Post a Comment