वीरगंज २९ कार्तिक/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्साले आज वर्तमान सरकारलाई खबरदारी गर्ने उद्देश्यले एक विरोध सभाको आयोजना गर्दै नागरिक समाज समक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ । बाँकी समाचार........
वीरगन्ज विर्ता बजार स्थित आयोजित सो कार्यक्रम पार्टी अध्यक्ष रामचन्द्र चतुर्वेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसिया, वीरगन्ज उपमहानगरपालिकाका पुर्व नगरप्रमुख प्रदीप कुमार सुवेदी, पाँचै क्षेत्रका क्षेत्रीय अध्यक्षहरु एवम् पार्टी कार्यकर्ता, जनसमुदायको उपस्थितिमा आयोजित विरोध सभामा अध्यक्ष चतुर्वेदीले विद्यमान गतिरोध दिशाहिन अवस्था, संकट समाधान गर्ने कार्यमा प्रधानमन्त्री तथा संविधानसभाका अध्यक्षलाई बारम्बार ज्ञापनपत्रद्वारा सचेत गराउदा समेत सुनुवाई नभएको हुदा बाध्य भइ जनता समक्ष ज्ञापनपत्र प्रस्तुत गरेको बताउनुभयो । उहाले देश अहिले गम्भीर संकट अवस्थामा छ, शान्ति प्रक्रिया अवरुद्ध भएको छ । संविधान लेखन कार्यमा गतिरोध कायमै छ । असुरक्षा, महंगी र भ्रष्टाचारले देश अक्रान्त भएको छ भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जनताको र्समर्थन र सहयोगमा राष्ट्रलाई जोगाउन सकिने अवस्था रहेको हुदा तोकिएको समयमा संविधान निर्माण गर्न नसक्ने संविधान सभा तथा बारम्बार निर्वाचनका लागि प्रधानमन्त्री निर्वाचन गर्न नसक्ने व्यवस्थापिका संसदको औचित्य समाप्त भैसकेको हुदा नया निर्वाचनको मिति घोषणा गर्नुपर्ने, शान्ति प्रक्रियालाई अविलम्ब टुंगोमा पुर्याउनुपर्ने, हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र संघीयताको विषयमा जनताको प्रत्यक्ष अभिमत जनमत संग्रहको घोषणा गर्नुपर्ने, संस्थागत हुदै गएका अराजकता, भ्रष्टाचार, महंगी , बेरोजगारी, कालाबजारीया, अपराधिक क्रियाकलापलाई अविलम्ब बन्द गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ । राप्रपा नेपाल पर्साका अध्यक्ष रामचन्द्र चतुर्वेदी द्वारा हस्ताक्षरित सो विज्ञप्ति नागरिक समाज, संचारकर्मी, पार्टी प्रतिनिधिहरुको वीचमा पढेर सुनाइएको थियो ।
No comments:
Post a Comment