वीरगंज २९ कार्तिक/ छठपुजा व्यवस्थापन समिति घडिअर्वाको संयोजकत्व तथा घडिअर्वा स्पोट्स क्लवको आयोजना छठपुजा भव्य रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिबाट सहयोगार्थ खोलिएको चिठ्ठाको नतिजा कार्यक्रम आज र्सार्वजनिक गरिएको छ । बाँकी समाचार........
छठपुजा व्यवस्थापन समितिका अध्यक्ष रामनगिना साह कानुको सभापतित्वमा सम्पन्न सो चिठ्ठा नतिजा र्सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश सिकारियाले नागरिक समाजद्वारा छठपुजा समितिलाई सहयोगार्थ स्वरुप चिठ्ठा खरिद गरी सहयोग पुर्याएकोमा धन्यवाद दिदै आउदो बर्षअझ बढी चिठ्ठा गरी सहयोग पुर्याउनु भएमा समितिलाई पुजा व्यवस्थापन गर्न सजिलो हुने र चिठ्ठा खरीद गर्नेहरुलाई बढी भन्दा बढी चिठ्ठा पर्ने बताउनुभयो । कार्यक्रममा कलवार कल्याण समितीका अध्यक्ष भोला प्रसाद साह कल्वार, छठपुजा व्यवस्थापन समितिका पर्ुव अध्यक्ष राजेन्द्र प्रसाद कल्वार, ट्राफिक प्रहरी कार्यालयका प्रतिनीधि, सशस्त्र प्रहरी कार्यालयका प्रतिनीधि लगायतकाको उपस्थिती रहेको थियो । यसैगरि छठपुजालाई भव्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने संचारकर्मी, बिभिन्न संघ संस्थाहरुलाई सोही अवसरमा प्रशंसा पत्र प्रदान गरिएको थियो । सो कार्यक्रमलाई क्रान्ति साह र आनन्द साहले संचालन गर्नु भएको थियो ।
No comments:
Post a Comment