Pages

२५ दिने रेडियो पत्रकारीता लालिम सम्पन्न

वीरगंज ४ मंसिरकरेन्ट इङ्गलिश ल्याङ्गबेज द्धारा संचालीत २५ दिने रेडियो पत्रकारीता लालिम आज एक समारोहका बिच सम्पन्न भएको छ । बाँकी समाचार.........
   

बीरगंज उधोग वाणिज्य संघको सभाकक्षमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुध्न नेपालले सहभागिहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो । करेन्ट इङ्गलिश ल्याङ्गबेजका प्राचार्य राजेन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा तर्राई टेलिभिजनका स्टेशन म्यानेजर दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दास, राष्ट्रिय फोटो पत्रकार समुह पर्साका अध्यक्ष राजु श्रेष्ठ, नारायणी एफ.एफका स्टेशन म्यानेजर केशी लामिछानेले पत्रकारीताको माध्यमबाट नै देशको बिकाश र शान्तिको बाटोमा दोर्‍याउन सकिन्छ भन्ने कुरामा जोड दिएका थिए । तालिममा सहभागि २० जना छात्रछात्राहरुलाई बिबेक खटिवडाले प्रशिक्षण दिनु भएको थियो ।

No comments:

Post a Comment