वीरगंज ४ मंसिर/ बाराको निजगढमा अवैद्य रुपमा संचालितर् इटाभट्टा फागुन महिनाबाट बन्द हुने सहमति भएको छ । बाँकी समाचार.........
उद्योग बन्द गर्नु पर्ने माग गर्दै आन्दोलनरत सचेत युवा समुह, भट्टा संचालक र राजनितिक दल बिच सहमति भएपछि भट्टा बन्द हुने भएको हो । भट्टा बन्द हुने भएपछि सचेत समुहको आन्दोलन पनि स्थगन भएको छ । भट्टा संचालक र सचेत समुहका प्रतिनिधिहरुबीच शुक्रवार साझ लिखित सहमति भएपछि आन्दोलन स्थगन भएको समुहका संयोजक विनोद भारतीले बताए । उनले फागुन मसान्तपछि निजगढका सम्पुर्ण इट्टा उद्योगहरु बन्द गर्नका लागी संचालकहरु सहमत भएको जानकारी दिए । उद्योग बाणिज्य संघ निजगढको कार्यालयमा र्सवपक्षिय भेलामा स्थानीय राजनितिक दल र उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको समेत समेत सहभागिता रहेको थियो । भट्टा बन्द गनुपर्ने माग राख्दै आन्दोलनरत सचेत समुहले दुइ साता अघि नै उद्योग बन्द गर्न अल्टिमेटम दिएका दिए । समुहले एक साता भित्र उद्योग बन्द गर्नुपर्ने अल्टिमेटम दिएपनि संचालकहरुले अटेर गर्दै उद्योग संचालन गरेपछि समुहका सदस्यले शुक्रवार भट्टामा पुगेर मजदुर उद्यमीहरुलाई उद्योग बन्द गर्न शुक्रवार बिहान चेतावनी दिएका थिए । समुहका युवाहरुले तत्काल उद्योग बन्द चेतावनी दिएपछि सहमतीको बातारण बनेको संयोजक भारतीले बताए । अवैद्य रुपमा संचालित भट्टाले वस्तिको माटो निकालेका कारण गाउमा बाढीपहिरोको प्रकोप र वन विनास हुने खतरा बढेपछि स्थानीयबासिन्दाले एक महिना अघि देखी इटा उद्योग बन्द गर्नु पर्ने माग राखेर आन्दोलन गर्दै आएका थिए । निजगढ गाविसमा ७ इटा भट्टा संचालनमा रहेका छन ।
No comments:
Post a Comment