Pages

भारतीय जाली जोट सहित एक पक्राउ

बीरगंज २ मंसिर । तराइमा बढदो भारतीय नक्कली नोटको बिगबिगी ब्याप्त रहेको बेलामा पर्सा प्रहरीले भारतीय नक्कली नोटको कारोबारी मध्ये एक जनालाइ पक्राउ गरेको छ । बाँकी समाचार.........

पर्साको सुर्जाहा गाबिस वडा नम्बर ५ घर भइ हाल बीरगंज वडा नम्बर १४ श्रीपुर बस्दै आएका राजेश सहनीलाइ २ लाख ७६ हजार ४ सय ९० नक्कली रुपियाँ सहित बीरगंज उपमहानगर पालिका वडा नम्बर-१४ त्रिमुर्ति हल नजिकबाट पक्राउ जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले पक्राउ परेका सहनीका साथबाट भारु एक हजारको १ सय ६१ थान ५ सयको २ सय ३१ थान र ५ को ९८ थान नक्कली नोट फेला पार्नुका साथै जिल्ला शिक्षा कार्यालय र शिक्षा अधिकारीको छाप समेत बरामद गरेको बताउनु भएको छ । पक्राउ परेका सहनीले नक्कली नोटको कारोबार ९ महिना अगाडी देखि गर्दै आएको र हाल सम्म उनले करिब ३५ लाख भारतीय नोट बजारमा प्रयोगमा ल्याएको पक्राउ परेका सहनीले प्रहरी समक्ष स्वीकार गरेको बताईएको छ । पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको र अन्य सहयोगीहरुको खाज तलाश भइरहेको बताइएको छ ।

No comments:

Post a Comment