Pages

बिपी उद्यानको अतिक्रमित जग्गा खालि गराइयो

बीरगंज २ मंसिर । बीरगंजको घण्टाघर स्थित बिपी उद्यानको जग्गा अतिक्रमण गरि फुटपाथे पसल ग्यारेज तथा बीउमनपा कै दलीत कर्मचारीहरु द्वारा गरिएको अतिक्रमण हटाउनका लागि जारी गरेको सुचनाको वास्ता नगरे पछि आज बीरगंज उपमहानगरपालिकाले एक्साभेटर डोजर प्रयोग गरि अतिक्रमित  जग्गा खाली गर्न लगाएको छ ।

बिगत केहि महिना देखि सो जग्गा खाली गर्नका लागि बीउमनपाले सार्वजनिक सुचना जारी गर्दा समेत अतिक्रमण गरि बसेका ब्यापारी ग्यारेज संचालक एवम् दलित कर्मचारीहरु अटेर गरि बसेका थिए । यस अघी पसा्रका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त जग्गा एक महिना भित्र खाली गराउने प्रतिब्धता जाहेर गर्दा समेत हाल सम्म सो जग्गा खाली हुन सकेको थिएन । बर्तमान परिपेक्षमा बीरगंजको मिना बजार स्थित बजार भवन निर्माण गरिन थालिएको हुदा सो स्थानमा लागने बजार बिपी उद्यानको जग्गामा सानुपर्ने भएको हुदा समेत सो अतिक्रमित जग्गा खाली गर्न लगाएको बीरगंज उपमहानगरपालिकाले जनाएको छ ।

No comments:

Post a Comment