वीरगंज ३० कार्तिक/ बारा जिल्ला स्थित गाविस भवानीपुर जीतपुर वार्ड नम्बर-३ बस्ने शिवगुरु खाद्य उद्योगका प्रोपर्राईटर रमेश कुमार गुप्ता माथी दुइ जनाको समुहमा रहेका अज्ञात हतियारधारीहरुले गोलिको प्रहार गरि घाइते बनाएका छन् । बाँकी समाचार ........
आज साँझ करिब साढे ५ बजको समयम खाद्य उद्योगका प्रोपर्राईटर गुप्ता आप\mनो घरमा बसिरहेको अवस्थामा ना.१४.प ६९०४ नम्बरको मोटरर्साईकलमा सवार दुइ जना हतियारधारीहरुले गोलि प्रहार गर्दा गुप्ताको टाउकोमा गोलि लागेको हो । गोलि प्रहार बाट र्घाईते भएका रमेश कुमार गुप्ता बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । अज्ञात दुइ जना हतियारधारीहरु मध्ये एक जना हतिरयारधारीलाई पर्साको चोर्नी गाबिस वार्ड नम्बर ८ का २५ बषिर्य राजेश कुमार कर्ण सहित कर्णले प्रयोग गरेका मोटरसाइकललाई इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरेको छ भने अर्का एक जना फरार रहेका छन् । सो घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment