Pages

दमन गरेको बिरोधमा शिक्षकहरु आन्दोलित

वीरगंज ३० कार्तिक/ प्रहरी दमनको विरोधमा आज बाराका शिक्षकहले सदरमुकाम कलैया ३ घण्टा यातायात अवरुद्ध पारेका द्धन । बाँकी समाचार ........

शिक्षक सुरेश पटेलको हत्या विरोधमा सोमवार निकालिएको जुलुसमा हस्तक्षेप गरी तीन दर्जन भन्दा बढीलाई घाइते बनाएको विरोधमा शिक्षकहरुले यातायात अवरुद्ध पारेका हुन । शिक्षकहरुले दिउँसो १२ बजेबाट भरत चोकमा धर्ना दिएर कलैया विरगंज सडक अवरुद्ध पारेका थिए । तीन चन्द्र माविबाट निस्किएको जुलुस नगरपरिक्रमा पछि धर्नामा बसेको थियो । शिक्षकहरुमाथि दमन गरेको भन्दै शिक्षकहरुले प्रहरी उपरीक्षक मनोज न्यौपथाने माथि विभागिय कारवाही हुनु पर्ने माग समेत राखेका छन । शिक्षक पटेलको हत्यापछि सुरक्षाको माग गर्दै जिल्लाका शिक्षकहरु तीन सातादेखि विद्यालय बन्द गरेर आन्दोलनमा छन । पटेलको अज्ञात समुहले गोली प्रहार गरी कार्तिक १२ गते हत्या गरेको थियो ।

No comments:

Post a Comment