वीरगंज ३० कार्तिक/ पर्यटन बर्ष२०११ को प्रबर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले आज वीरगन्जमा सरसफाई र्याली निकालेको छ । बाँकी समाचार ........
सो सरसफाई र्यालीमा नेपाल रेडक्रस सोसाइटी, महिला विकास कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको नेतृत्वमा निकालिएको र्याली वीरगन्जको नगर परिक्रमा पश्चात वीरगन्ज उद्योग बाणिज्य संघमा पुगी कोण सभामा परिणत भएको थियो । सो कोण सभामा पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारिया, नेपाल पर्यटन विकास समितिका संयोजक ध्रुवनारायण श्रेष्ठ, पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ लगायतले पर्यटन बर्षाई सफल पार्न आग्रह गर्नुभएको छ ।
No comments:
Post a Comment