बीरगंज ७ मंसिर/ गैरसरकारी संस्था सानो हात नेपालले भारत हुदै तेश्रो मुलुक तर्फजाँदै गरेका ८ जना महिलालाई उद्धार गरेको छ । बाँकी समाचार.........
बीरगंजको नयाँ बस पार्कबाट टेम्पो चढेर सिमा पर्ती शहर रक्सौल तर्फजाँदै गरेका बेला महिलाहरुलाई सानो हात नेपालका स्वयम सेवकले शंकाको आधारमा सोध पुछ गरि नियन्त्रणमा लिएका हुन् । उद्धार गरिएकोमा उदयपुर वडा नम्बर-११ निवासी सुमित्रा बिक, सानु बस्नेत, उर्मिला लामा, र्सलाही शंकपुर गाबिस वडा नम्बर-४ निवासी कबिता पासबान, भक्तपुर वडा नम्बर-२ निवासी शोभा बिक, शंकपुर ४ निवासी २० बषिर्य बबिता मगर, महोतरी वडा नम्बर-५ निवासी रती मायाँ बिक रहेक छन् । उनीहरु नेपाली पासपार्ट लिएर भारत हुदै खाँडी मुलुक तर्फप्रस्थान गर्न योजना अनुसार हिडेको सानो हात नेपाल पर्साका अध्यक्ष बाबुराम थापाले जनाएका छन् । उनीहरु दलालको प्रलोभनमा परेर बैदेशीक रोजगारमा जान लागेको बताइएको छ भने दलाललाई पक्राउ गर्न नसकिएको स्वयम सेवकहरुले बताएका छन् । उद्धार गरिएका महिलाहरुलाई आफ्न्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय पर्सा अन्तरगत रहेको महिला सेलले जनाएको छ ।
No comments:
Post a Comment