बीरगंज ७ मंसिर/ त्रिभुवन राजमार्ग अन्तरगत बाराको अमेलखगंज गाविस वडा नम्बर-४ मा गएराती बस र ट्रक एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ भने अन्य २४ घाइते भएका छन् । बाँकी समाचार.........
बिराटनगरबाट काठमाडौंका लागि छुटेको ना.४.ख ३८२२ नम्बरको रात्री बस र हेटौडाबाट पथलैयाका लागि छुटेको ना.४.ख १२३० नम्बरको ट्रक पुर्व-पश्चिम राजमार्गको पथलैया-हेटौडा सडक खण्ड अन्तरगत बाराको अमलेखगंज र आधाभारको बीच जंगलमा ठोकिन्दा बसमा सवार उदयपुर जिल्ला पंचपति गाविस निवासी ४१ बषिर्क होम बहादुर आलेमगरको मृत्यु भएको हो । एकजनाको मृत्यु भएको मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । दुर्घटनामा परि २४ जना घाइते भएको र सो मध्ये आठजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घाइतेहरुको बीरगंज र हेटौडा अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जानकारी गराएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको, हेटौडा, सिमरा र बीरगन्जमा, चितवन उपचार भइरहेको छ ।
No comments:
Post a Comment