बीरगंज ८ मंसिर/ नेशनल मेडिकल क्लेज शिक्षण अस्पताल बीरगंजले आज पत्रकार सम्मेलनको आयोजना गरि मंसिर १९ गते देखि २४ गते सम्म एक हप्ते निःशुल्क अर्थोपेडिक अप्रेशन तथा हाडजोर्नी सम्बन्धी शिबिर संचालन गर्ने भएको जनाएको छ । बाँकी समाचार.........
काठमाण्डौको इम्पेक्ट नेपाल नामक संस्थाको सहयोगमा बेल्जीयमबाट बोलाइएको करिब १० जना अर्थोपेडिक दक्ष चिकित्सकहरुको टिम द्धारा नाम दर्ता रहेका रोजीहरुको परिक्षण गरि अप्रेशन गरिने ब्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा बताइयो । हाल सम्म २० जना रोगीहरु द्धारा नाम दर्ता गरि सकिएको बताउनु भएका सो अस्पतालका संचालक डा. जैनुदिन अन्सारीले उपयुक्त उपचारको अभावमा हाडजोर्नीमा भएका बिकृती, पोलियो रोगबाट हाडजोर्नीमा भएका बिकृती, जन्मै देखि हात खुट्टाको हाडहरु वांगिएको, हाडजोर्नी भाचिएको कारण भएको घाउहरु समेत निःशुल्क अप्रेशन गरिने बताउनु भयो । पत्रकार सम्मेलनमा अस्पतालमा भर्ना रहेका रोगीको वेड चार्ज तथा अप्रेशन शुल्क फिरी गरिएको यस शिविरबाट करिब एक सय भन्दा बढी रोगीहरुले फाइदा लिन सक्ने बताइयो । सो अस्पतालका चिकित्सक के.डी सिन्हा, चिकित्सक मनोहर गुप्ता, डा.एस एन हिसारीया, फाइनेन्स डाइरेक्टर योगेन्द्र प्रसाद यादव लगायतको उपस्थिती बिच आयोजना गरिएको पत्रकार सम्मेलनमा उल्लेख्य उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment