Pages

बिद्यालयका सञ्चालकलाई कारवाही गर्न माग

बीरगंज ७ मंसिर / बिभिन्न राजनीतिक दलका नेता कार्यक्रर्ता तथा शिक्षा माफियाहरुको सक्रियतामा जिल्ला शिक्षा कार्यालय बाराका कर्मचारीकै मिलोमतोमा केही समय यता बारामा बढदै गईरहेको झोले बिद्यालयका माफियालाई कारवाही गर्न स्थानीय अभिभावकहरु जुटेका छन् । बाँकी समाचार.........
 

बाराको पत्रहटी-९ मा श्री सक्तयेश्वरी प्राथमिक बिद्यालय २०६५ सालमा स्थापना भएको भए पनि सो बिद्यालय सो गाउँमै नरहेको भन्दै स्थानीय अभिभावकहरुले शिक्षा माफियालाई कारवाही गर्न जिल्ला शिक्षा कार्यालय बारामा निबेदन दर्ता गराएका छन् । पत्रहटी-९मा झोले बिद्यालय स्थापना गरी शिक्षकको नाममा दर्वन्दी तथा बिभिन्न शिर्षमा जिल्ला शिक्षा कार्यालयको मिलोमतोमै रकम निकासा गरेर रकम झवाम पार्ने काम भएकोले स्थानीय अभिभावकहरु एक जुट भएर शिक्षा माफियालाई कारवाही गर्न माग गर्ने तर्फअग्रसर भएका हुन् ।

No comments:

Post a Comment