वीरगंज ४ मंसिर/ संयुक्त बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधरण सभा शनिबार बाराको सिमरामा सम्पन्न भएको छ । बाँकी समाचार.........
कार्यक्रममा संस्थाका अध्यक्ष कासिम मियाले बाषिर्क प्रतिवेदन प्रस्तुत गर्दै सहरकीले ग्रामिण भेगका जनताको आर्थिक स्तर सुधार्न सहयोग पुराएको बताए । कार्यक्रममा उत्तमप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष किशोर त्रिपाठीले २०६७/६८ को आयव्यय प्रस्तुत गरे । अघिल्लो बर्षो चैत २२ गते उक्त संस्था असोज मसान्तसम्ममा बचत तर्फकरिब १ करोड २५ लाख संकलन गर्न सफल भएको जनाएको छ भने यस अवधी १ करोड लगानी गरेको उपाध्यक्ष रेशम तिवारीले बताए । केह समययता ग्रामिण भेगमा सहकारी संस्था खुल्ने क्रम बढेको छ । यसले किसान र साना व्यवसायीलाई लक्षित गरि आफ्ना कार्यक्रम अघि बढाउने गरेको छ ।
No comments:
Post a Comment