वीरगंज ३० कार्तिक/ राष्ट्रवादी नागरिक समाज नेपाल आज पर्साले स्थानीय होटल संझनामा आयोजना गरेको अञ्चल भेलाले पाँच जिल्लाका राष्ट्रवादीहरुको मोर्चा गठन गरेको छ । बाँकी समाचार ........
समाजसेवी पशुपति विक्रम शाहको प्रमुख आतिथ्य रहेको सो भेलामा उहाले देशमा अमन, सुखशान्ति कायम गर्न सवै राष्ट्रवादी शक्तिहरु एक हुनुपर्ने कुरामा जोड दिनुभयो । पर्साको राजभक्त राष्ट्रवादी समूहका दिना यादव, सरोकार मञ्च नेपालका नन्दकिशोर गोयल, शिव सेना नेपाल पर्साका अध्यक्ष राजकिशोर चौवे, हिन्दु युवा संघका राजेश सिंह, नागरिक समाजका गजेन्द्र बहादुर ठकु लगायत बाराका राम अयोध्या प्रसाद कानु लगायत आठ जना, रौतहटका विरेन्द्र गिरी लगायत सात जना, मकवानपुरका राम शंकर श्रीवास्तव, मनोज जलान लगायत ८ जना, चितवनका शिवहरी कार्की लगायत सात जना रहने गरी अञ्चल मोर्चा गठन गरिएको छ । राष्ट्रवादी नागरिक समाज पर्साका अध्यक्ष अब्दुल सत्तार अंसारीको सभापतित्वमा सम्पन्न भएको सो भेलाले आगामी मंसिर १० गते वीरगन्ज नगरसभा गृहमा एक अञ्चल स्तरीय भव्य कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ भने कार्यक्रम संचालन अरुण विक्रम शाहले गर्नुभएको थियो ।
No comments:
Post a Comment