वीरगंज ४ मंसिर/ वीरगंजका शिख समुदाय शिख धर्मका प्रवर्तक तथा प्रथम गुरु नानक जयन्ती धुमधामका साथ मनाई रहेका छन् । बाँकी समाचार.........
आइतबार गुरुनानक देवजीको ५४१ औ जन्म जयन्ती परेको छ । यस उपलक्ष्यमा हिजो देखि दैनिक रुपमा प्रभात फेरी, अखण्ड किर्तन लगायतका धार्मिक कार्यक्रम भई रहेका छन् । हिजोबाट सुरु भएको प्रभातफेरीको क्रममा दैनिक बिहान यहास्थित घण्टाघरमा शिख समुदायका महिला,पुरुष तथा बालबालिका भेला भई भजन किर्तन गर्दै पावरहाउस चोकस्थित गुरुद्वारामा सम्पन्न हुने गरेको छ । आइतबार गुरुनानक जयन्तीको उपलक्ष्यमा गुरुद्वारामा बिशेष पुजापाठ भजनकिर्तन तथा लंगर आदिको आयोजन गरीने उक्त समुदायका जसपाल सिंहले बताए । वीरगंजमा करीब ५० बर्षअघि शिख समुदायको भारतबाट आएर यहा यातायात र ढुवानी सेवा सुरु गरेका थिए । एक समय करीब पाच सय शिख परिवार वीरगंजमा बस्दै आएकोमा हाल यो संख्या करीब ४० मा झरेको छ । नेपालमा बन्द,हडताल,चक्काजाम आदिका कारण आफ्नो व्यवसाय धराशायी हुदै गएपछि यहा जमि सकेका शिख समुदायका व्यवसायीहरु पलायन भई भारत तर्फफर्केका हुन् ।
No comments:
Post a Comment