Pages

राप्रपा नेपाल द्धारा र्‍याली

वीरगंज ३० कार्तिक/ तोकिएको समयमा संबिधान निर्माण गर्न नसक्ने संबिधान सभा तथा बारम्बारको निर्वाचन पश्चात पनि प्रधानमन्त्री निर्वाचन गर्न नसक्ने व्यवस्थापिका संसदको औचित्य समाप्त भैसकेकोले ताजा जनादेशका लागि नयाँ निर्वाच गर्नुपर्ने लगायतका बिभिन्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जिल्ला कमिटि बाराले आज कलैयामा प्रर्दशन गरेको छ । बाँकी समाचार ........

शान्ति प्रकृयालाई अबिलम्ब टुङ्गोमा पुर्याउ, हिन्दुराष्ट्र, संबैधानिक राजसंस्था र संघीयताको बिषयमा जनताका प्रत्यक्ष अभिमत बुझनको लागि जनमत संग्रह गर्नुपर्ने माग नभए कडाभन्दा कडा संघर्षमा उत्रिने राप्रपा नेपाल बाराका अध्यक्ष राजनारायण प्रसाद साहले बताउनुभयो । साथै बिगत केही दिन यता बढदै गईरहेको अराजकता, भ्रष्टाचार, मंहगी, बेरोजगारी, कालाबाजारीया, हत्याहिंसा, लुटपाट, अपहरण जस्ता आपराधिक गतिबिधि नियन्त्रण गर्नुपर्ने माग राप्रपा नेपालको रहेको छ । पार्टी कार्यालयबाट जिल्ला अध्यक्ष साहको नेतृत्वमा निष्केको सो र्‍याली कलैया नगरपरिक्रममा गरी भरतचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

No comments:

Post a Comment