वीरगंज ३ मंसिर/ कक्षा कोठा सजावट प्रतियोगिता जिएचपी स्कुलमा आज एक समारोहवीच सम्पन्न भएको छ । बाँकी समाचार..........
नर्सरी देखि कक्षा ९ कक्षा विद्यार्थीहरु सहभागी रहेका उक्त समारोहका युकेजी देखि ९ कक्षाका विद्यार्थीहरु सहभागी रहेका थिए । ४ ग्रुपमा विभाजन गरी उक्त प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । विद्यार्थीहरुले आफ्नो हस्तकक्षबाट निर्माण गरेको सामाग्रीहरुबाट कक्षा कोठाहरु सिंगारिएको थियो । उक्त प्रतियोगितामा निर्णायकहरुमा जिल्ला शिक्षा कार्यालय पर्साका प्रतिनिधि राजेश्वर चौरसिया, विद्यालयका शिक्षक धर्मेन्द्र पाण्डे र विजय यादव रहनु भएको थियो । यस प्रकारको प्रतियोगिताले विद्यार्थीहरुमा लुकेर रहेको सीप बाहिर आउने विश्वास लिइएको विद्यालयले जनाएको छ ।
No comments:
Post a Comment