Pages

बाल बिकाश केन्द्र सहयोगी कार्यकर्ता पुनरजाती तालिम शुरु

वीरगंज मंसिर/ प्रारम्भीक बाल विकास केन्द्र सहयोगी कार्यकर्ता पुनरताजगी तालिम हिजोदेखि रौतहटको चन्द्रनिगाहपुरमा शुरु भएको बाँकी समाचार..........


विद्यालय
तथा समुदायमा आधारित बाल विकास केन्द्रका कार्यरत सहयोगीको कार्य क्षमता अभिबृद्धि तथा बालबालिकाहरुको चौतर्फी विकास गर्ने उद्देश्यले संचालित तीन दिने पुनरताजगी तालिमको प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालय रौतहटका बाल विकास फोकल पर्सन विपिन विहारी सिंह रहनु भएको थियो सेतो गुरास बाल विकास सेवा रौतहटको आयोजना तथा प्लान नेपाल रौतहटको आर्थिक सहयोगमा संचालित सो पुनरताजगी तालिममा प्लान नेपाल रौतहटका कार्यक्रम इकाई प्रबन्धक नेत्र प्रसाद उपाध्यायले मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्लान नेपालकै जीवन प्रसाद पराजुलीले कार्यक्रम प्रबन्ध गर्नुभएको थियो स्वागत मन्तव्य सेतो गुरास रौतहटका श्रोत व्यक्ति दुर्गा सिवाकोटीले गर्नुभएको थियो सेतो गुरास रौतहटका अध्यक्ष अजय कुमार साहको विशेष उपस्थिति रहेको सो कार्यक्रमबारे सेतो गुरास रौतहटका कार्यक्रम संयोजक झल कुमारी कार्कीले प्रष्ट पार्नुभएको थियो

No comments:

Post a Comment