Pages

छठ पर्व विधिवत रुपमा समापन गरियो






















वीरगंज २७ कार्तिक/ निष्ठा, एकता एवं भक्ति तथा धार्मिक अनुसंठानका साथ विगत चार दिन देखि शुरु भएको छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ दिएरै समापन गरिएको छ । बाँकी समाचार ..........
 

ब्रत सम्पन्न गर्नका लागि आज देश भरीका लगाएत पर्साको मुख्य घाट घडीअर्वा पोखरी तथा रानीघाट, छप्कैयाँ, नगवा तथा सिर्सिया नदिको किनारमा र वाराको राम जानकी, मोतिसर लगाएतका घाट हरुमा ब्रतालुहरु जम्मा भई उदाउँदो सुर्य प्रतिक्षा गरेका थिए । लगातार चार दिनको ब्रत पछि सुर्य भगवान तथा छठि मैयाँले चिताएको कुरा पुर्याउँछन् भन्ने ब्रतालुहरुमा धार्मिक विश्वास रहेको छ । ब्रत समापन पश्चात छठको विशेष प्रसाद ठेकुवा, नरिवल, केरा, उँखु, बतासा तथा सख्खर मिसाएर चामलको पिठोबाट बनाईएका विभिन्न परिकारहरु आफन्त र छरछिमेकमा बाँढ्ने चलन रहको छ । छठ प्रसाद जतिधेरैलाई बाँढ्यो त्यत्ति नै पुण्य कमाईने धार्मिक विश्वास रहेको छ । गत वर्षभन्दा यस पटक वीरगंजको घडिअर्वा पोखरीमा सुरक्षा संयन्त्र कडा बनाउन सिसि टिभि अर्थात ५ वटा क्यामेरा जडान गरिएकाले चोरीको गतिविधि हुन नपाएको व्यवस्थापन समितिले जनाएको छ ।

No comments:

Post a Comment