वीरगंज २९ कार्तिक/ शसस्त्र प्रहरी र नेपाल प्रहरीले रकम खाई छोडेको काठ पर्साको हरैया गाउका युवाहरुले बरामद गरेपछि गाउमा विवाद उत्पन्न भएको छ । बाँकी समाचार........
हरैया बन क्षेत्रबाट काठ चोरी गरी ल्याइरहेको अवस्थामा स्थानीय युवाहरुले राती टायरगाडा, गोरु र काठ सहित एकजना काठ तस्करलाई पक्राउ गरेका हुन् । पक्राउ परेका काठ, गाडा सहित तस्करलाई आज विहान इलाका प्रहरी कार्यालयमा बुझाउने भनेपनि राती नै प्रहरीले युवाहरुलाई कुटपिट गरी नियन्त्रणमा लिएको गाउलेहरुले बताएका छन् । पक्राउ परेको काठ, गोरु, गाडा र काठ तस्करलाई रातीनै प्रहरीले भगाएको भन्दै स्थानीयवासीले हरैया प्रहरी चौकी घेराउ समेत गरेका थिए ।
No comments:
Post a Comment