संधै बन्दुक बोकने हातमा कुचो र कोदालो
बीरगंज २४ कार्तिक/ सँधैं बन्दुक बोकी हिंड्ने बीर नेपाली सेनाको हातले कुचो र कोदालो बोकेर बीरगंजमा छठ घाटको सफाई गर्दै गरेको हेर्दा अचम्म लागेको छ । बाँकी समाचार ..........
हिन्दहरुको महान पर्वदशैं र दिपावली सकिन नपाउदै तर्राईको जिल्लाहरुमा हिजो आज छठ पुजाको रौनक निकै बढेको छ । तराइकै सबैभन्दा ठुलो पर्वको रुपमा चिनिने छठ पर्वलाई ध्यानमा राखेर बीरगंज श्रीपुर स्थित कालीजङ्ग गणका सेनाका जवानहरु विहानैबाट बीरगंजको रानीघाट, घडिअर्वा पोखरी र सिर्सियाघाटमा पुगेर घाटको सरसफाई अभियानमा जुटेका छन् । कालीजंग गणका प्रमुख सेनानी हरेन्द्र पाठकको नेतृत्वमा नेपाली सेनाको २ सयको संख्यामा रहेको जवानहरुको हातमा कोदालो, कुटो र कुचो बोकेर छठ घाटको सरसफाई गरिरहदा नजिकबाट नियालिरहेका र्सबसाधारण जनताहरु दगं परेर हेरिरहेका थिए । यही कार्तिक २६ गतेबाट शुरु हुने छठ पर्वको लागि अहिले बीरगंजबासीहरु स्थानीय घडिअर्वा पोखरी, रानीघाट लगायतका घाट र पोखरीहरुमा अहिले लिपपोत, रङ्गरोगन र सजाउने कार्या जुटेका छन्। यतिकै बेला सेनाहरु पनि छठघाटको सरसफाईमा लागेपछि स्थानीय बासिन्दाहरु सेनाको कार्यलाई निकै साकारात्मक रुपमा लिएका छन्। सेनाका गणपति हरेन्द्र पाठकले गत बर्षेखि तराइको महान पर्वछठको बेला यसरी नै हाम्रा सेनाका जवानहरु स्थानीय पोखरी, नदी र घाटमा पुगेर सरसफाई गर्न गरेको बताउनु भयो । यसबाट सेना र जनताबीचको सामिप्यता बढने र यसले दुबैबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा हामी विश्वस्त भएको बताएका छन्। यसैगरि ल्यापटेन नरेश श्रेष्ठको नेतृत्वमा नेपाली सेनाको ५० जना जवानहरुले रानीघाटको छठ घाटमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा छठ पुजा ब्यवस्थापन समितीका अध्यक्ष रामनगगिना साह कानु, कोषध्यक्ष प्रेम प्रसाद साह, सचिव आन्नद साह, सदस्य प्रणय कुमार, प्रचार प्रचार समितीका संयोजक लखनलाल गुप्ता, सरसफाई संयोजक शम्भु साह कानु लगायत संचारकर्मीहरुको उपस्थिती रहेको प्रचार प्रचार समितीका मनोहर साहले बताउनु भएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment