Pages

रेडियो सिमरा दोश्रो बर्षा प्रबेश

वीरगंज मंसिर/ हाम्रो समाज जागरण अभियान सिमरा बाराद्वारा सञ्चालित बारा जिल्लाको पहिलो एक मात्र सामुदायिक रेडियो 'रेडियो सिमरा १०६ मेगाहर्ज' दोस्रो बर्षा प्रबेश गरेको अवशरमा शनिवार सिमरामा सामुदायिक छलफल कार्यक्रम आयोजना भएको बाँकी समाचार.........
अभियानका अध्यक्ष पुरुषोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ब्रोकास्टिङ्ग एशोसियशन अफ नेपाल वानका महासचिव दिपेन्द्र चौहान, नेकपा एमालेका केन्द्रीय कमिटिका सल्लाहकार सदस्य उद्धव पोखरेल, बाराका प्रमुख जिल्ला अधिकारी बसन्त उपाध्याय, प्रहरी उपरिक्षक मनोज न्यौपाने, स्थानीय विभिन्न संघसस्थाका प्रतिनिधि रेडियो सिमराका सञ्चालकहरुको समेत सहभागिता रहेको थियो कार्यक्रममा बोल्दै सञ्चालन समितिका अध्यक्ष पुरुषोतम पौडेलले ग्रामिण भेगको विकासको निमित्त रेडियोले उल्लेखनिय योग्दान गरेको बताउदै आगामी दिनमा समुदायको हितमा उपयोगी हुने सामाग्रीहरुलाई श्रोता समक्ष पस्कने प्रतिबद्धता व्यक्त गर्नुभयो सहभागीहरुले रेडियोको उत्तरोत्तर प्रगतिको कामना गर्दै देश जनताको पक्षमा सुचना प्रवाहित गर्न सुझाव दिनुभएको थियो कार्यक्रममा रेडियो सिमरा १०६ मेघाहर्जका कार्यकारी निर्देशक अच्युत पौडेलले कार्यक्रमको बारेमा प्रकाश पार्नुभयो सोहि अवसरमा रेडियो सिमराले इलाका प्रहरी कार्यालय सिमरालाई चार थान साइकल बितरण गरेको रेडियो सिमराका सञ्चालक समितिका अध्यक्ष पौडेलले प्रमुख जिल्ला अधिकारी बसन्त उपाध्याय प्रहरी उपरिक्षक मनोज न्यौपाने मार्फ इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक अंगुर जिसिलाई हस्तान्तरण गर्नु भएको थियो

No comments:

Post a Comment