Pages

नेपाल बैक सिटी अफिसले आफ्नो ७४ औं बाषिर्क उत्सव मनाए

वीरगंज ३० कार्तिक/ नेपाल बैक लिमिटेड सिटी अफिस वीरगन्जले आफ्नो ७४ औं बाषिर्क उत्सव एक समारोह वीच सम्पन्न गरेको छ । बाँकी समाचार ........

बैकका प्रबन्धक कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथी नेपाल राष्ट्र बैकका मुख्य व्यवस्थापन एजेन्द्र प्रसाद लुइटेलले सिटी अफिस वीरगन्जले विभिन्न बाधा, अडचन पार गरी ७४ औं बाषिर्क उत्सव मनाएकोमा खुसी व्यक्त गर्नुभएको छ । कार्यक्रममा वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारिया, उद्योगपति बाबुलाल चाचान, प्रसन कुमार ताम्राकार लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बैकमा २५ बर्षसेवा गरेका २२ जना कर्मचारीहरुलाई स्वर्ण पदक, सिल्भर पदक, दीर्घ सेवा र प्रशंसा पत्र वितरण गरिएको थियो भने २० बर्षसेवा गरेका कर्मचारीहरुलाई ५१ जनालाई रजत पदक र प्रशंसापत्र नेपाल राष्ट्र बैकका मुख्य व्यवस्थापन एजेन्द्र प्रसाद लुइटेलले वितरण गर्नुभयो । त्यसैगरी सोही कार्यक्रम रक्तदान समेत गरिएको थियो । रक्तदानमा १५ जनाले रक्तदान गरेको बैकका सहायक प्रबन्धक अर्जुन सिंह क्षेत्रीले बताउनु भएको छ ।

No comments:

Post a Comment