वीरगंज ३ मंसिर/ जिल्ला कृषि विकास कार्यालय तथा विश्व खाद्य कार्यक्रमको आयोजनामा ३ दिने खाद्य सुरक्षा अनुगमन तालिम हिजोदेखि वीरगन्जमा शुरु भएको छ । बाँकी समाचार..........
प्रशिक्षक बखत निरौला र जगरनाथ महासेठले नारायणी अञ्चल भरीका कार्यालय प्रमुखहरु तथा कार्यालय प्रतिनिधिहरु र गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई उक्त तालिम दिइने भएको छ । तालिममा खाद्यान्न सुरक्षाको अवधारणा र सैद्धान्तिक पषहरु, खाद्यान्नको व्यवहारिक पक्षहरुको जानकारी बारे छलफल गराउने भएको छ । प्रशिक्षणमा तालिमको उद्देश्यहरु खाद्य सुरक्षाको परिभाषा तथा खाद्य सुरक्षाका आयामबारे साझा बुझाई कायमगर्ने तथा खाद्य सुरक्षाको प्रकृति र जिल्लाको स्थितिको विवेचना गर्ने आदि रहेको थियो । खाद्य सुरक्षा अनुगमनमा प्रयोग हुने विश्लेषणात्मक औजारहरु र प्रक्रियाबारे छलफल गर्ने र खाद्य सुरक्षा अनुगमनको महत्व र खाद्य सुरक्षा अनुगमन प्रणालीको संरचनागत व्यवस्थाबारे प्रष्ट छलफल गर्ने लगायतको रहेको थियो ।
No comments:
Post a Comment