Pages

घडीअर्वा छठघाटलाई दुलहीको घर झैं सिंगारिदै




बीरगंज २४ कार्तिक/  वीरगन्जमा छठ पर्वका लागि सूर्य आराधना गर्न ब्रतालुहरुको जमघट हुनेघाटको सजावटमा प्रतिस्पर्धा हुने गरेको छ ।
खासगरी घडीअर्वा, रानीघाट, नगवाका छठ पूजा समितिले घाटलाई भव्य बनाउन ठूलो धनराशी खर्च गरेको छ । वीरगन्जको प्रख्यात घडीअर्वा पोखरी यतिबेला धनाढ्य परिवारकी दुलहीको घर झैं सिंगारिएको छ । वीरगन्ज उपमहानगरपालिकाले घडीअर्वा पोखरीको डिजाइन छठ पर्वका ब्रतालुहरुलाई सजिलो हुनेगरी बनाएको छ । पर्वकै लागि यहाँ सूर्य मन्दिर, गंगा माता समेत मुर्ती निर्माण गरिएको छ । बितेको पाँच वर्षेखि पोखरीको साज सज्जा र तामझाममा लाखौं रुपैयाँ खर्च गर्न थालिएको छ । छठ पूजा समितिले यसपालि पण्डाल र फुलका लागि मात्र पाँच लाख पच्चिस हजार खर्च गर्ने भएको छ भने कुल खर्च करिब १२ लाख जति खर्च हुने गरेको घडीअर्वा छठ पूजा ब्यवस्थापन समितीका अध्यक्ष राम नगिना साह कानु बताउनु भयो । यसैगरि रानीघाट छठ पूजा समितिले पनि घडीअर्वाको तामझामलाई नै टक्कर दिने गरी छठ पूजाका लागि सिंगारपटार गरेको छ । घडीअर्वामा रहेको सूर्य मन्दिर जस्तै त्यहाँ पनि छठी मैयाँको मूर्ती बनाइने गरिएको छ । सिर्सिया किनारामा पूजा समितिले भब्य पण्डाल समेत निर्माण गरेको छ ।

No comments:

Post a Comment