Pages

छठ पर्वका लागि सुरक्षा समितीको बैठक सम्पन्न

















 













बीरगंज २३ कार्तिक/  तराइ बासिको महान पर्ब छठ पुजालाई थप भब्य र ब्यवस्थीत ढंगले ब्यवस्थापन गर्न सुरक्षा निकायको सकृयतामा सर्बदलीय बैठक बसेको छ ।


स्थानिय छठ पर्वको प्रमुख स्थल घडिअर्वा पोखरी परिसरमा बसेको उक्त बैठकले छठ पुजामा श्रद्धालुहरु अत्याधिक भिड, अब्यवस्थीत सवारी साधान, अपराधिक कृया कलापहरुलाई मध्य नजर गर्दै नगरमा पुजा गर्ने प्रत्येक छठ पुजा स्थलहरुमा सुरक्षा ब्यवस्थापन श्रद्धालुहरुको दर्शनार्थ सजिलो र सहज बनाउन सुरक्षा निकाय र स्थानिय छठ समितीका कार्यकर्ताहरुको संयुक्त प्रयासले मात्र सम्भव हुन नसक्ने ठहर गर्दै सो अनुरुप काम कारवाही गर्ने निर्णय गरेका छन् । सोही बैठकले सुरक्षाको लागी घडिअर्वा पोखरीको चार वटै गेटमा सिसि क्यामेरा जडान गर्नुको साथै संदेहजनक ब्यक्तिलाई नियन्त्रणमा लिई खोज तलाश गर्ने र श्रद्धालुहरुलाई घाटको परिक्रमा लगायत पुजा आजा गर्न सहज र सुलभ ब्यवस्था मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट करिब १ सय ५० जना प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका चिनी मिलका प्रहरी उपरिक्षक राम प्रकाश श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत नाथु साह, अंचल प्रहरी कार्यालय नारायणीका बसन्त बिक्रम राणा, कालीजंग गण पर्सका क्याप्टेन प्रसुराम थापा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक कुलदिप चन्द लगायत उक्त छठ पुजा ब्यवस्थापन समितीका अध्यक्ष राम नगिना साह कानु, सचिव आन्नद साह, सुरक्षा समितीका संयोजक शुसिल साहको उपस्थिती रहेको समितीका सदस्य प्रणय कुमारले बताउनु भएको छ ।

No comments:

Post a Comment