Pages

मेला ब्यवस्थापन समिति गठन

बीरगंज १५ असोज/  बीरगंजमा आयोजना हुने दशै मेलालाई ब्यवस्थित गर्न २ सय ५१ सदस्यीय मेला ब्यवस्थापन समिति गठन गरिएको छ ।
माइस्थान ब्यवस्थापन समितिका अध्यक्ष मदन गुप्ताको अध्यक्षतामा २ सय ५१ सदस्यीय ब्यवस्थापन गठन गरिएको हो । गहवा माईको अतिथी सदनमा समितिको बसेको बैठकले बिभिन्न निर्णय पनि गरेको छ । पुजारी र गुरुलाई माईस्थान संचालक समितिले राख्ने, गर्भ गृह भित्र तोकिएको कर्मचारी मात्र प्रबेश गर्ने, बली ब्यवस्थापन, मेला ब्यवस्थापन लगायत अन्य बिभन्न संघ संस्थाहरुले गर्ने, ट्राफिक ब्यवस्थापन गर्ने ट्राफिक प्रहरीले आवश्यक समन्बय गर्ने, बिधुत खाने पानी लगायत माईस्थान संचालक समितिले सहयोग गर्ने जस्ता निर्णयहरु आज माईस्थानमा बसेको बैठकले निर्ण्र्ाागरेको हो । बैठकमा माईस्थान निर्माण समितिका अध्यक्ष बाबुलाल चाचान, पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक योग बहादुर पाल, नेपाल पत्रकार महासंघ पर्साका सभापति शत्रुघन नेपाल लगायतकाको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment