Pages

रकम असूल गर्ने प्रहरी पक्राउ

बीरगंज १५ असोज/  प्रहरीमा जागिर लगाइदिने भनि बिभिन्न व्यक्तिबाट रकम असूल गरेका एक प्रहरी जवान आफै पक्राउ परेका छन् ।
 

वीरगंजस्थित अंचल प्रहरी कार्यालय नारायणी भित्र रहेको अंचल सशस्त्र प्रहरी गुल्म नारायणीमा कार्यरत प्रहरी जवान शिव गिरीलाई अंचल प्रहरी कार्यालय नारायणीले आज यो अभियोगमा पक्राउ गरी हिरासतमा राखेको छ । गिरीले नुवाकोटका तीन युवा राजन कुवर, मंगल तामाङ र तीर्थ तामाङ संग भदौ २९ गते एकमुष्ट एक लाख रुपैया लिई प्रहरी सेवामा जागिर लगाई दिन्छु भनि पैसा असूल गरेका थिए । प्रहरी भर्ति केन्द्र भरतपुरमा आबेदन दिएका तीनै जना छनोट चरणबाटै फालिएपछि उनीहरुले उक्त कार्यालयमा प्रहरी जवान गिरी बिरुद्ध उजुरी दिएका थिए । अंचल प्रहरी कार्यालय नारायणीका बरिष्ठ प्रहरी उपरीक्षक गोपाल भण्डारीका अनुसार, उक्त उजुरी पछि तालिम केन्द्रका कमान्डेन्ट प्रहरी उपरीक्षक बलराम शर्मा पौडेलले गिरी उपरको उजुरी बारे छानबिन गरेका थिए । छानबिनको क्रममा प्रहरी जवान गिरीले उक्त रकम लिएको यकिन भएपछि अंचल प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरी जवान गिरीले आफूले उक्त रकम लिएको स्वीकार गरेका छन् । आफूले उक्त रकम लिए पनि काभ्रेका नेपाली कांगे्रसका नेता अमर केसीलाई उक्त रकम दिएको र उनले तीनै जनाको नाम प्रहरी सेवामा निकालिदिने ग्यारेन्टी लिएको गिरीले दाबी गरेका छन् ।

No comments:

Post a Comment