Pages

हातेमालो सहकारी संस्थाको साधारणसभा सम्पन्न















सिमरा ३ भदौ/  हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वाषिर्क साधारणसभाले रिक्त सञ्चालक समितिको सचिवमा यज्ञबहादुर आले र सञ्चालक सदस्यहरुमा किशोर शर्मा -डुमरवाना), सञ्जय साह -जीतपुर) र्रर् इद्रिस मियां -सिमरा) लाई चयन गरेको छ ।

त्यसैगरी लेखा समितिको संयोजकमा डम्मरमणि लिम्वु र सदस्यमा कृष्ण बर्तौलालाई चयन गरेको छ । यस अघि संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न वाषिर्क साधारणसभाको उदघाटन राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष एवम् पुर्वमन्त्री केशव बडालले गर्नु भएको थियो । सोही अवसरमा बारा क्षेत्र नम्बर ६ का सभासद जयराम दाहाललगायतले शुभकामना दिनु भएको थियो । वन्द सत्रले चालु आर्थिक वर्षो कार्यक्रम र बजेट पारीत गरेको थियो । संस्थाको दिगो विकास र आवश्यकतालाई मध्यनजर गर्दै सिमरामा राजमार्गसंग जोडिएको कार्यालय प्रयोजनका लागि एक कठ्ठा घडेरी खरिद गर्ने प्रस्ताव पारीत गरेको छ । दोश्रो वर्षा नै शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल हातेमालोले शेयरधनी सदस्यहरुलाई एक लाख रुपैयाको दुर्घटना राहत, लघुकर्जा कार्यक्रम, सुपथ मूल्य पसल सञ्चालन, सामाजिक उत्तरदायित्व बहन जस्ता नयां कार्ययोजना पारीत गरेको छ । बारा जिल्लाको सर्वोत्कृष्ट संस्थाको रुपमा पुरस्कृत हातेमालोले बारा जिल्ला बचत तथा ऋण सहकारी संघको नेतृत्व र सशक्तीकरण एवम् राष्ट्रिय सहकारी बैंकको शाखा ल्याउने काममा अग्रसर भएर लागिरहेको छ ।

No comments:

Post a Comment