छातापिपरा गाविस कार्यालयमा तालाबन्दी
बीरगंज २ भदौ/ छातापिपरा गाविसका गाविस सचिव सुरेन्द्र प्रसाद यादवको विरोधमा स्थानीय राजनीतिक दल प्रतिनीधिहरु, विभिन्न क्लबका पदाधिकारीहरु तथा स्थानीय बासिन्दाहरुको रोहबरमा आज सो गाविस कार्यालयमा तालाबन्दी गरिएको छ ।
सो गाविस सचिव यादव सरकारी अनुदान तथा स्थानीय बजेट रकम समेत हिनामिना गरी लामो समय देखि बेपत्ता भएको छ । भने छातापिपरा गाविसका बासिन्दाहरु लगायतको कागजी तथा विकास, निर्माणको काम प्रभावित भएको छ । गाविस सचिव यादवको उपस्थिति नभए सम्म ताला बन्दी यथावत रहने र सोको खोजतलास सहित आवश्यक कारवाही गराउन सम्बन्धित निकायले ध्यान दिन जरुरी भएको स्थानीय बासिन्दा, प्रतिनिधीहरुले बताएका छन् । छातापिपरा गाविसका राजनीतिक दलका प्रतिनिधी तथा क्लबका पदाधिकारीहरु हिरा राय, रामबाबु पासवान, दिनेश चौधरी, रामेश्वर चौधरी, वृजमोहन चौधरी, महेन्द्र यादव, अवधकिशोर महत्तो सहित महिला पुरुष गरी एक सय २० जनाको रोहवरमा सो ताला बन्दी गरिएको संघर्ष युवा क्लब छातापिपराका अध्यक्ष भानु यादवले आज संचारकर्मीलाई बताएका छन् । करिब ५० लाख रुपैयाँ हिनामिना गरी गाविस सचिव यादव करिब दुइ बर्षदेखि बेपत्ता भएको छ र यसको संरक्षणमा स्थानीय केहि प्रतिनिधी सहित कारवाही गर्ने निकायका प्रतिनिधी, पदाधिकारीहरु लागेको स्थानीय बुद्धिजिवीहरुले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment