Pages

कर्मचारीहरु द्वारा श्रम कार्यालय घेराउ

बीरगंज ३ असोज/  हुलास बिस्कुटमा कार्यरत १ सय ६५ जना कर्मचारीहरुले आज बीरगंज स्थित श्रम कार्यालय घेराउ गरेका छन् । नेपाल कारखाना श्रमिक संघ र अखिल नेपाल औधोगिक मजदुर संघका कर्मचारीहरुले आज बिहान १० बजे देखि श्रम कार्यालय घेराउ गरेका हुन् ।

कारखाना श्रमिक संघका अध्यक्ष राजेशवर महतो अखिल नेपाल औधोगिक मजदुर संघका अध्यक्ष राम जनक यादवले बन्द उधोगलाई चालु गर्न माग गर्दै दोश्रो चरणको आन्दोलनको कार्यक्रम अनतरगत आज घेराउ गरेको बताउनु भएको छ । श्रम ऐन कार्यानव्यन गर्नु पर्ने, श्रावन र भाद्रका पारिश्रमिक उपलब्ध गराउनु पर्ने, गैर कानुनी कृयाकलाप बन्द हुनु पर्ने लगायतका माग राखि कर्मचारीहरुले धर्ना दिईएको बताएका छन् । घेराउ कार्यक्रम साँझ ५ बजे सम्म जारी रहने बताईएको छ । हुलास बिस्कुटमा कार्यरत रहेको बताईएको छ ।

No comments:

Post a Comment