Pages

राजश्व चुहावट नियन्त्रण सम्बन्धी बैठक सम्पन्न

















बीरगंज १० असोज/ राजस्व चुहावट नियन्त्रण सम्बन्धी मध्यमाञ्चल स्तरिय श्रेत्रीय बैठक २० बुँदे वीरगंज घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
वीरगंजबाट राजश्व चुहावट कम गर्न विशेष पहल गर्ने, वीरगंज भन्सार क्षेत्रमा टावरको निर्माण गरी प|mन्टलाइट राखेर राजश्व चेकजाँचलाई बलियो बनाउने, राजश्व चुहावट नियन्त्रणका लागी सवै सरकारी निकायले असल सुसम्बन्ध स्थापना गर्ने, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा राजश्व चुहावट नियन्त्रण सम्बन्धि नियमित बैठक गर्ने, केन्द्र र जिल्लामा मात्र सिमित राजश्व कार्यालयहरुलाई क्षेत्रिय स्तरमा पनि निर्माण गर्ने, राजश्व छलेर चोरी निकासि गर्नेका सम्बन्धमा सुराकी दिनेलाई प्रसंसा पत्र र सम्मान दिने लगायतका २० बुँदे घोषणा पत्र जारी गर्दै बैठक सम्पन्न भएको अर्थ सचिव कृष्णहरि बासकोटाले जानकारी दिनु भयो । घोषण पत्रमा चार्डपर्व नजिकिदै जादा बढ्न सक्ने राजश्व चुहावटलाई नियन्त्रण गर्नका लागी जाचविन्दुमा सिसि क्यामरा जडान, सुचनामा आधारित अनुसन्धानमा जोड, सक्कल प्रज्ञापनपत्रमा पर्चिङ स्टाम्पिङ गर्ने लगायतका बुदा पनि रहेका छन् । बैठकमा गृह मन्त्रालयका सहसचिव शान्तराज सुवेदी, राजश्व अनुसन्धान विभागका महानिर्देशक महेस दाहाल, निर्देशक बलराम रिमाल, आन्तरीक राजश्व कार्यालयका उपमहानिर्देशक खोमराज पञ्जालि, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक अरुण जंग साही, सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक केशवराज वन्त, नेपाल प्रहरी मध्यामञ्चल क्षेत्रिय प्रहरी कार्यालयका प्रहरी नायब महानिक्षिक नवराज ढ्काल, सशस्त्र प्रहरी बल रुद्रबाहिनी पथलैयाका सशस्त्र प्रहरी नायव महानिरीक्षक ऋषवदेव भट्र्राई लगायत स्थानिय स्तरबाट धनुषा, महोत्तरी, र्सलाही, बारा, पर्सा, रौतहट, मकवानपुर र चिवतनका प्रमुख जिल्ला अधिकारीहरु तथा जिल्ला प्रहरी प्रमुखहरुको समेत उपस्थिती रहेको छ । साथै अंचल प्रहरी प्रमुख जनकपुर तथा नारायणी, सशस्त्र प्रहरी भंसार गस्ती जनकपुर, रौतहट, विरगंज, भंसार प्रमुखहरु तथा आन्तरिक राजश्व कार्यालयका प्रमुखहरुको पनि उपस्थिती रहेको छ । बैठकमा हाईवे चेकजाच, पेट्रोलियम पदार्थ प्रयाप्त नभएको र सुरक्षा निकायलाई प्रयाप्त राजश्व प्रशासन सम्बन्धी जानकारी एवं अभिमुखिकरण नभएको हुनाले राजश्व चुहावट बढी भएको लगायतका विषयमा केन्द्रित भई छलफल भएको राजश्व सचिव बासकोटाले जानकारी दिनु भयो ।

No comments:

Post a Comment