बीरगंज १० असोज/ बारा बस यातायात व्यवसायी समिति कलैयाको अहवानमा गरिएको आज देखी अनिश्चितकालीन यातायात बन्दले बारामा आज पहिलो दिन भाडामा सञ्चालन हुने यातायातका सवारीसाधन बन्द भएको छ ।
बाराको स्रि्रौनगढ, कोल्हवी, मधुबन, फतेपुर, बेलहिया, कवहीगोठ, बंकुल लगायतका ग्रामीण क्षेत्रबाट सञ्चालन हुने यातायातका सवारीका साधनहरु सडक मर्मत नभएको कारण गाडी चलाउन जोखिम रहेकोले सो सडकखण्ड मर्मत गर्नुपर्ने भन्दै यातायात व्यवसायीहरु हडतालमा उत्रेका हुन् । सो सडकखण्ड अत्यन्त ब्रि्रेको कारण सवारीका साधन चलाउँदा पल्टिने सम्भावना बढी रहेकोले सडक मर्मतको लागि जिल्ला बिकास समिति बारा र जिल्ला प्रशासन कार्यालय बारामा बारम्बार ध्यानकार्षा गराउदा पनि सम्बन्धीत निकायको ध्यान यस तर्फनगएको कारण बाध्यभएर आन्दोलनमा उत्रिनु परेको समितिका बारा जिल्ला अध्यक्ष दिपेन्द्रप्रसाद साहले बताउनुभयो । समितिले यातायातका सवारीका साधनहर बन्द गरेर आन्दोलनमा उत्रिएका कारण र्सबसधारण यात्रीहरु मर्कामा परेका छन् । यता बारामै पर्ने पूर्व-पश्चिम महेन्द्र राजमार्गमा कुनै अवरोध नगरिएको कारण राजमार्गमा सवारीका साधनहरु सञ्चालन भईरहेको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।
No comments:
Post a Comment