Pages

सहमति र सम्झौता नेताहरुको मागी खाने भाँडो भएको छ - अध्यक्ष थापा





















बीरगंज १० असोज/  दलहरु वीच पटकपटक भएको सहमति र सम्झौतालाई नेताहरुले मागी खाने भाँडो बनाएकोले नागरिकलाई सचेत हुन राप्रपा नेपालका अध्यक्ष कमल थापाले आग्रह गर्नु भएको छ ।
आठौं पटक सम्मपनि प्रधानमन्त्री छनौट गर्न नसकेको हुदा संसदिय मूल्य र मान्यताका आधारमा व्यवस्थापिका संसद वा संविधानसभालाई विघटन गरे नयाँ निर्वाचनमा जाने लगडायतका तीन अवधारणाअघि र्सार्नु भएको छ । क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले बाराको निजगढ्मा प्रजातन्त्र भएको मुलुकमा संसदले सरकार बनाउन नसके ताजा जनादेशमा जाने प्रजातन्त्र र संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै अर्को दुइवटामाअवधारणामा धर्म निरपेक्ष, सम्बैधानिक राजतन्त्र र संघियताको विषयमा जनमत संग्रह र सम्पूर्ण दलहरु वीच नयाँसिराबाट सहमति हुनुपर्ने बताउनुभयो । जनताले सम्विधान,प्रजातन्त्र र आर्थिक उन्नतिको आशा गरेको तर ६ सय १ सभासदहरुले चार वर्षा ६० खर्ब जनताको राजश्व सिध्याएपनि सिन्को समेत भाँच्न नसकेको तर असुरक्षा,भष्ट्रचार र महङ्गी तीव्ररुपमा बढ्नुकासाथै शान्ति प्रक्रिया पनि धरापमा परेको अवस्था रहेको थापाले बताउनुभयो । नेपालको परिस्थितिलाई मध्य नजर राखेर र्सवधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रताका साथ नेपाल हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment