बीरगंज ६ भदौ/ असोज ९ गते बीरगंजको घण्टाघर नजिक सनातन हिन्दु धर्मावलम्बी साधु सन्त भक्तजन मिलन समारोह हुने भएको छ ।
हिन्दु युवा संघ द्वारा बीरगंजमा आयोजित पत्रकार सम्मेलनमा हिनदु धर्मको रक्षका लागि सबै क्षेत्रका ब्यक्ति सदस्यहरुलाई लागने हिन्दु युवा संघका पदाधिकारहीहरुले जोड दिएका छन् । राजनितीक दलका नेताहरुले बिदेशको दबाबका कारण धर्म निर्पेक्ष घोषणा गरिएको बक्ताहरुले आरोप लगाएका छन् । धर्म निर्पेक्षता खारेज गर्नु पर्ने र हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग गरेका छन् । हिन्दु धर्मको जनचेतना फैलाउनका लागि बृहत साधु सन्त समारोहको आयोजना गरिने भएको हुदा त्यसमा सहयोग गर्नका लागि आग्रह गरेका छन् । साथै हिन्दु युवा संघका केन्द्रिय अध्यक्ष काशि तिवारीको बीरगंजमा भएको निर्मम हत्याको आरोपीलाइ कारवाही गर्नु पर्ने संघका पदाधिकारहीहरुले माग गरेका छन् ।

No comments:
Post a Comment