बीरगंज ६ असोज/ इलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्ज त्रीभुवन साहको कमाण्डमा खटिएको गस्ती टोलीले सार्वजनिक सवारीहरुमा चेक जाँच गर्ने क्रममा आज भारी मात्रामा अवैध विषाधी रक्सी बरामद गरेको छ, भने यामाहा कम्पनीको एक मोटरसाइकल बेवारीसे फेला परेको सामाचार छ ।
आज बिहान साढे ७ बजे सो अवैध रक्सीहरु सिटिराइड र टोम्पोहरु जस्ता सार्वजनिक सवारीहरुमा अवैध रुपले लुकाई छिपाई तस्करी गरी लगिरहेको अवस्थामा सो कार्यालयमा कार्यरत प्रहरी टोलीहरुले सो अवैध रक्सीहरु बरामद गरेका छन्, भने सो अवैध रक्सीलाई आज प्रहरी र स्थानीय बासिन्दाहरुको रोहवरमा जीतपुर गा.वि.स.स्थित एक खोलामा पोखी नष्ट गरिएको सामाचारमा जनाईएको छ । भने सोही गाविस स्थित बकुलीया गाउँ जाने बाटोमा हिजो राती देखि कालो र रातो रंग भएको एउटा एफ जेड यामाहा कम्पनीको मोटरसाइकल ना.१०.प ९६७८ नम्बरको एक मोटरसाइकल बेवारिसे अवस्थामा रहेको स्थानीय शुरेस प्रसाद साहले बताएका छन् । यसरी मोटरर्साईकल धनी नभेटीए पछि, स्थानीय बासिन्दाहरुले उक्त मोटरसाइकल बारे इलाका प्रहरी कार्यालय जीतपुरमा खबर गरी सो मोटरसाइकल बुझाएका हुन् । हाल सो मोटरसाइकलर् इलाका प्रहरी कार्यालय जीतपुरले नियनत्रणमा लिएको छ ।
No comments:
Post a Comment