बीरगंज ६ भदौ/ सशस्त्र प्रहरीको राजश्व गस्ती टोलीले आज बिहान पर्साको तुल्सीबर्वा गाबिस नजिकबाट ना.१.त २९०१ नम्बरको टयाक्टरमा लोडगरिएको १ सय १० बोरा भारतीय चामल बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक दान बहादुर रायको नेतृत्वमा खटिएको प्रहरी टोलीले भन्सार छली भारतको सिक्टाबाट बीरगंज ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो । बरामद गरिएको चामल आजै बीरगंज भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरि बाराको सिमरा स्थित इलाका प्रहरी कार्यालयले यात्रु बाहक बसबाट गए राती ४५ किलो बिस्फोटक पदार्थ पटाका बरामद गरेको छ । र्सलाहीबाट काठमाण्डौ जाँदै गरेको ना.४.ख १०८६ नम्बरको बसबाट चेकजाँच गर्ने क्रममा बिस्फोटक पदार्थ पटाका बरामद गरेको हो । बरामद गरिएको पटाका, बसका सहचालक र बसका कन्टेक्टरलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment