Pages

पोलियो थोपा खुवाईदै






















बीरगंज २ असोज/  तराइका केहि जिल्लाहरुमा पोलियोका रोगि देखा परेपछि पुनः सञ्चालन गरिएको विशेष खोप कार्यक्रम अर्न्तर्गत तराइका विभिन्न आठ जिल्ला सहित पर्सामा पनि आज र भोली गरि ५ वर्षुनिका बालबालिकाहरुलाइ पोलियो थोपा खुवाइदैछ ।


पर्साका जन्मेदेखि ५ वर्षसम्मका १ लाख १७ हजार २ सय ४८ जना बालबालीकाहरुलाइ आज पोलियो थोपा खुवाइने लक्ष्य लिइएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । आज विहान ६ बजेदेखिनै जिल्लाका हरेक गाविसका हरेक वडा तथा उपमहानगरपालीकाका हरेक वडा हरुमा रहेका खोपकेन्द्रहरुमार्फ पोलियो थोपा खुवाउन शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

No comments:

Post a Comment