बीरगंज ८ असोज । नेकपा एमाले निकटको बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन बाराले आज कलैया नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।
युनियनका अध्यक्ष ईमरान आलमको नेतृत्वमा गएका बिद्यार्थीहरुले कलैया नगरपालिकामा तालाबन्दी गरेको हो । कलैया नगपालिकाको अतिआवश्यक सेवा एम्बुलेन्स तथा सरसफाईका निमित प्रयोग हुने सवारीका साधनहरु दुरुपयोग हुने गरेको आरोप लगाउदै तालाबन्दी गरिएको युनियनका अध्यक्ष आलमले बताउनुभयो ।
No comments:
Post a Comment