Pages

जनतान्त्रिकका सैन्य बिभागका गीरि पक्राउ

बीरगंज ८ असोज । संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य बिभागका सैनिक बारा अमृतगंज खजानी २ निवासी २९ बर्षीय छठु गीरिलाई गएराती बारा प्रहरीले सोही जिल्लाको बिश्रामपुरबाट बम सहित पक्राउ गरेको छ ।
पक्राउ परेका गिरीले भारतको बिहार राज्य हुदै तरकारीको झोला भित्र सकेट बम लिएर नेपाल प्रबेश गर्ने क्रममा सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो । यता संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका बारा जिल्ला ईन्चार्ज सुल्तानले गीरि सैन्य बिभागको आफ्नै कार्यक्रर्ता रहेको बताउँदै उनलाई रिहा गर्न आग्रह गरेका छन् । पक्राउ परेका गिरीलाई आवश्यक अनुसनधानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको बारा प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment