बीरगंज ८ असोज । असोज १६ गते हुन लागेको नेपाल बार एशोसिएसन पर्साको निर्वाचनमा ४१ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।
नेपाल बार एशोसिएसन स्थित निर्वाचन कार्यालयलले जनाए अनुसार अध्यक्ष पदमा बिरेन्द्र प्रसाद यादव रामाशिस प्रसाद यादव बिजय सिह शालिकराम प्रसाद र ललन प्रसाद साह कलवार रहेका छन् । उपाध्यक्ष पदमा रामाश्रय प्रसाद साह मेवालाल साह महमद नवसाद रहेका छन् । सचिव पदमा कमल मोहन पोखरेल शंकर प्रसाद कुम्हाल ओम प्रसाद गुप्ता केशवलाल केशरी र कोषध्यक्ष पदमा बिशाल चौधरी र मामताज अहमद उम्मेदवारी दिएका छन् । त्यसैगरि सदस्य पदका लागिका लागि कुल ९ वटा सिटमा सुरेश पंडित सराजुल अंसारी दिपनारायण उपाध्याय लगायत १२ जनाले उम्मेदवारी दिएको बताईएको छ । निर्वाचन आयोगका अनुसार पार्षद उम्मेदवारको कुल ८ वटा सिटमा सुधिर कुमार कर्ण दिनानाथ प्रसाद चौरसिया प्रेम प्रसाद साह पन्नालाल गुप्ता मन्सुरुल हक सिद्धिकी लगायत १५ जनाले उम्मेदवारी दिएका छन् । कुल १ सय ५२ जना कानुन ब्यवसायी साधारण सदस्य रहेको नेपाल बार एशोसिएसन पर्सामा यस पटकको निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृत अधिबक्ता सन्तोष कुमार श्रीवास्तव राकेश मल्लीक र हरिनारायण प्रसाद कुम्हाललाई जिम्मेवारी दिईएको छ ।

No comments:
Post a Comment