ठूला दलका कारण देश अनिर्णयको बन्दी भएको मन्त्री श्रेष्ठको आरोप
वीरगंज ७ असोज/ भुमि सुधार तथा व्यवस्था मन्त्री एवम् नेकमा मालेका पोलिटव्यूरो सदस्य डम्बर बहादुर श्रेष्ठले ठूला दलका कारण देश अनिर्णयको बन्दी भएको आरोप लगाउनु भएको छ ।
सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यसमिती पर्साले आज वीरगंजमा आयोजना गरेको जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले वर्तमान देशको अवस्था रहीरहे अझ पनि प्रधानमन्त्री चयन हुन नसक्ने र ठूला दलहरुले दलिय स्वार्थ त्यागेमात्र देशको विद्यमान समस्या र विदेशी हस्तक्षेप रोकिने बताउनु भयो । वहाँले ठूला दलहरुका कारण देशमा विदेशी हस्तक्षेप बढेको बताउनु भएको हो । मन्त्री श्रेष्ठले आफूहरुको मन्त्री मण्डललाई कठपुतली भन्दै यो सरकारको राजीनामा पछि दुइ घण्टामा सहमतिय सरकार बनाउने नेकपा एकिकृत माओवादीले तीन महिनामा बहुमतिय मन्त्री मण्डल समेत बनाउन नसकेको दावी समेत गर्नु भयो । सुकुम्वासी समस्या समाधान आयोग पर्सा समितिका उपाध्यक्ष रामराजा जैसवालको सभापतित्वमा भएको सो कार्यक्रममा बोल्दै मन्त्रीले श्रेष्ठले ठूला पार्टीहरुले देश भित्र विदेशी चलखेल बढाएपनि आफू आवद्ध नेकपा माले पार्टी कहिले पनि कसैको दासत्व सहन सक्दैनौ भन्नु भयो । पर्साका ११ जना अव्यवस्थीत बसोवास गर्नेहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दे मन्त्री श्रेष्ठले आफूभन्दा अगाडीका २१ वटा आयोगले पुरा गर्न नसकेको काम आफू मन्त्री बनेको १६ महिनामा ४ हजार ५ सय घरजग्गा धनीपुर्जा वितरण गर्न सफल भएको दावी गर्नु भएको थियो । कार्यक्रममा अब्यवस्थीत वसोवास गर्ने पर्सा जिल्लाका महुवन गाविस वडा नम्बर ५ निवासी मथुरा महरा चमार, दुधिया देवी चमार, चन्द्रर महरा चमार, अम्वीका महरा चमार, रामबालक महरा चमार, जोखन साह तेली, जोगिन्द्र महरा चमार, चोकट महरा चमार, शिव शरण चमार, पार्वती देवी गिरी र सिंहासन साह तेलीलाई जग्गाको लालपर्ुजाको प्रमाण पत्र वितरण गर्नु भएको थियो । पहिलो चरणमा पर्सा जिल्लामा ९२ जनाको लालपुर्जा वितरण गर्ने निर्णय भईसकेको पनि मन्त्री श्रेष्ठले बताउनु भयो ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment