सरकार र माओवादीका बीच गोप्य सहमति भयो भने नेपाली कांग्रेसले गरेको आशंका निराधार रहेको - प्रधानमन्त्री नेपाल
बीरगंज ८ असोज/ प्रधानमन्त्री माधवकुमार नेपालले एकिकृत नेकपा माओवादीले हतियार मोहनछाडे सम्म उसको नेतृत्वमा सरकार नबन्ने बताउनु भएको छ ।
आज विहान वीरगंजको होटल भिस्वामा आयोजित नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ का प्रथम निर्वाचनबाट निर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले एकीकृत नेकपा माओवादी नागरिक पार्टीमा रुपान्तरण भई सरकारको नेतृत्वमा सहयोग गर्न बताउनु भयो । वहाँले चार महिना भित्र शान्ति प्रकृया निस्कर्षा पुर्याउन माओवादीले आफनो लडाकुहरुको सम्पुर्ण बिवरण सरकारलाई दिनु पर्ने, लगाकुहरुलाई बिशेष समितिको मातहतमा ल्याउन सहयोग गर्नु पर्ने, सिचवालयको सम्योजकको टुंगो लगाउनु पर्ने, लडाकुको माप डण्ड र समायोजनको कार्यतालिका तत्काल तोकनु पर्ने आग्रह गर्नु भयो । प्रधानमन्त्री नेपालले सरकार र माओवादीका बीच गोप्य सहमति भयो भने नेपाली कांग्रेसले गरेको आशंका निराधार रहेको भन्दै वहाँले माओवादी संग कुनैपनि गोप्य सम्भौता नभएको प्रष्ट पार्नु भयो । प्रधानमन्त्री नेपालले माओवादी संग तार्खीक प्रकृया र संबिधान लेखनका बिषयमा २ बुदें मात्र सहमति भएको भन्दै शंका नगर्न कांग्रेसलाई आग्रह समेत गर्नु भयो । वहाँले ७ पटक सम्मको प्रधानमन्त्री निर्वाचनले पनि मुलुकलाइ नयाँ प्रधानमन्त्री दिन नसकने र मुलुक समस्यामा परेको बताउनु भयो । प्रधानमन्त्री चयनमा ढिलाई भएका कारण बजेट आउन नसकेको भन्दै वहाँले बजेट तत्काल नल्याइए मुलुक ठुलो दल दलमा फस्ने बताउनु भयो । मुलुकलाई निकास दिनका लागि तत्काल सहमति कायम गरि बजेट ल्याउनु पर्नेमा वहाँले जोड दिनु भयो । प्रधानमन्त्री नेपालले थुप्रै जिल्लामा भ्रष्टाचार बढेको बताउदै भ्रष्टाचार गर्नेलाई कारवाही गर्न आफु प्रतिब्ध रहेको र त्यस्ता नछाडन जनतालाई पनि आग्रह गर्नु भएको थियो । यसैबीच प्रधानमन्त्री नेपालले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिने क्रममा घुस लेनदेन भइरहेको गुनासो आफूले सुनेको भन्दै कार्यक्रममा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाप्रति आक्रोश व्यक्त गर्नु भयो । वहाँले प्रमुख जिल्ला अधिकारी झालाई निर्देशन दिँदै भन्नुभयो हिजो भर्खै ४० हजार रुपैयाँ घुस लिएर तपाईको कार्यालयका कर्मचारीले नागरिकता दिएका छन्, त्यस्तो काममा को को लागेको छ, त्यसलाई तत्काल कारवाही गर्न निर्देशन दिनु भयो । प्रधानमन्त्री नेपालले पर्सा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गरिदा ५ हजारदेखि ४० हजार रुपैयाँसम्म घुस लिइने गरिएको गुनासो आफूले बारम्बार सुन्नु परिरहेको बताउनुभयो । मतदाता परिचय पत्र जारी गर्न नागरिकता अनिवार्य भएकाले प्रकृया पुरा गरेका जोसुकैलाई पनि बिना झन्झट तत्काल नागरिकताको प्रमाण पत्र उपलब्ध गराउन समेत प्रमुख जिल्ला अधिकारी झालाई निर्देशन दिनु भएको छ । एमाले बैकल्पिक सदस्य रामचन्द्र साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोलिट ब्युरो सदस्य नागेन्द्र चौधरी, प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, बरिष्ठ प्रहरी उपरिक्षक गोपाल प्रसाद भण्डारी, पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा निर्वाचित क्षेत्रीय अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मनोज चौधरी, सचिव सुनिल श्रेष्ठ, सहसचिव बृजलाल पासवान लगायत ३३ निर्वाचित सदस्यहरुलाई प्रधानमन्त्रीले सपथ ग्रहण गराउनु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment