Pages

लायन्स द्धारा वृहत रक्तदानको आयोजना














बीरगंज ७ भदौ/  लायन्स क्लव अफ वीरगन्जले यही शनिबार वृहत रक्तदानको आयोजना गर्ने जनाएको छ ।
बीरगंजको होटल सुरजमा आयोजित पत्रकार सम्मेलनमा रक्तदान कार्यक्रमका संयोजक मनोहर टिवडेवालले नेपाल अधिराज्य भरी रक्तदान दिवसको रुपमा मनाउन थालिएको यस कार्यक्रममा करीव ४ सय देखि ५ सय जनाले रक्तदान गर्ने व्यवस्था मिलाइएको बताउनु भयो । वीरगन्जमा रहेको २२ वटा शाखा, फाइनान्स कमपनी, बैङक, डाबर नेपाल समेतको सहभागिता रहने भएको यस कार्यक्रमलाई ग्रामीण भेगसम्म जनचेतना फैलाउन संचारकर्मीहरुको भूमिका अहम रहेको हुंदा सञ्चारकर्मीहरुले कार्यक्रमको बारेमा बढी भन्दा बढी प्रचार प्रसार गरिदिन आग्रह समेत गरिएको थियो । रक्तदान, जीवनदान भन्ने मान्यतालाई जीवन्त तुल्याउन गरिने भएको सो रक्तदान लायन्स क्लव ३२५ वि नेपाल अन्तरत नेपाल अधिराज्य भरी गरिने रक्तदान कार्यक्रमका संयोजक टिवडेवालले पत्रकार सम्मेलन मार्फ जनाउनु भएको छ । कार्यक्रममा लायन्स रामअवतार खेतान, लायन्स संजय खेतान, लायन्स प्रकाश वाहेती, लायन्स अमर गौतम लगायतका सदस्यहरुको उपस्थिति रहेको सो कार्यक्रममा असोज ९ गते विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म टिवडेवाल धर्मशाला र बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल नजिक रहेको लायन्स र्सर्भिस सेन्टरमा पनि रक्तदान कार्यक्रम गरिने बताईएको छ ।

No comments:

Post a Comment