Pages

मेडिकल कलेजका विद्यार्थी समाज सेवामा

















बीरगंज ५ भदौ/  वीरगंजस्थित नेशनल मेडिकल कलेजका विद्यार्थी तथा डाक्टरहरुले उक्त शिक्षण अस्पतालमा उपचार गराउन आउने गरीब निरीह बिरामीको उपचारका लागि विद्यार्थी राहत कोष खडा गरेका छन् ।
मंगलबार कलेजमा पत्रकार सम्मेलन गरी उनीहरुले कोष बारे जानकारी र्सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलनमा डाक्टर अफरोज अंसारीले कोषमा कलेजमा एमबिबिएस तथा नर्सिङ तर्फ अध्ययनरत तथा अध्ययन सकेर अभ्यासमा रहेका पाच दर्जन बिद्यार्थी तथा चिकित्सकको योगदान रहेको बताए । कोषमा रकम जम्मा गर्न बुधबार कलेजमा रक्तदान, रमाइला खेल र खाना महोत्सव, सांस्कृतिक कार्यक्रम हरुको आयोजना गर्न लागिएको उक्त अवसरमा संचारकर्मीहरुलाई बताइएको थियो ।

No comments:

Post a Comment