Pages

महिला हिंसा सम्बन्धी पाँच दिने तालीम शुरु































बीरगंज ५ भदौ/ लौङगिक बिभेदमा आधारित महिला हिंसा र मानव अधिकार सम्बन्धी संचारकर्मी र कानुन ब्यवसायीहरुका लागि ५ दिने तालीम आज देखि स्थानिय होटल सम्झनामा शुरु भएको छ ।
युरोपेली संघको सहयोगमा तथा ओरेक नेपाल महिला मानव अधिकार रक्षक जिल्ला संजाल पर्साको आयोजनामा भएको सो तालीमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी राम बिलाश राय यादवले महिला माथि हिंसा गर्ने ब्यक्तिहरुलाई हामीले पक्राउ गरि कारवाही गर्ने प्रतिब्धता जनाएका छन् । वहाँले पर्सा जिल्ला महिला हिंसा मुक्त जिल्ला घोषणा होस भन्ने कामना ब्यक्त गर्नु भयो । बोली हिंसाको कुरामा सिमित नराखि त्यसलाई कार्यान्वयन गरियोस भने समाजको निर्माण हुने बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी यादवले तराइमा अशिक्षाको कमीले महिला हिंसा बिरुद्ध जानकारी गराउन अप्ठयारो रहेको बताउनु भयो । त्यसैगरि पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले पर्सा जिल्लालाई सुरक्षालाई ध्यानमा राखि ५०/६० वटा सिसिटिभी क्यामरा बिभिन्न ठाँउमा जडान गर्ने बताउनु भयो । वहाँले दाईजो प्रथा तर्राईमा बढी समस्याको रुपमा देखिएको र दाईजो मुक्त नहुन्जेल सम्म बिभेद अन्तय नहुने सम्भावना रहेको बताउनु भयो । प्रहरी उपरिक्षक श्रेष्ठले पर्सामा कुटपिट गर्ने जस्ता घटनाहरु दैनिक रुपमा आईरहेको जानकारी गराउनु भयो । सोही सर्न्दर्भमा नेपाल बार एशोसिएसन पर्साका अध्यक्ष सुधिर कुमार कर्णले महिला हिंसा सम्बन्धी उजुरी दिन जाँदा कम ज्ञानको कमीले प्रहरी प्रशासनले सुनुवाई वा ध्यानाकर्षा नदेखाएको बताउनु भयो । वहाँले कानुनलाई संवेदनशीलता पुर्वक पाल्ना वा संवेदनशील पुर्वक पर्सा नदेखिएको बताउनु भयो । मानव अधिकार रक्षक जिल्ला संजाल पर्साकी अध्यक्ष सन्धया भट्टको अध्यक्षतामा संचालन भएको सो उदघाटन शत्रमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपाल, जिल्ला बाल कल्याणकी बाल अधिकृत सबिता साह लगायतले महिला हिंसाका बारेमा मन्तब्य ब्यक्त गरेका थिए । तालीममा पर्सा, बारा र रौतहटका कानुन ब्यवसायी र संचाकर्मी गरि सहभागि कुल ३० जनालाई अन्नत अधिकारी र बिरेन्द्र महर्जनले प्रशिक्षण दिईनु हुने बताईएको छ । पत्रकार र वकिललाई महिला अधिकारका बिषयमा संबेदनशिल बनाई महिला हिंसा अन्त्यका लागि सहयोगी बातावरण बनाउने, महिला मुखि सोचको बिकाश, लैङगीक बिभेदमा आधारित हिंसा, महिला हिंसा, मानव अधिकार र महिला अधिकारका बिषयमा जानकारी गराउने, महिलाका मुद्धालाई स्थान दिईएको र पत्रपत्रिकामा हिंसा प्रभाबित महिलाको गोपनियताको ख्याल गरि ख्याल गरि पैरवीको लागि प्रकाश गर्ने बातावरणको सृजना गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

No comments:

Post a Comment