Pages

शान्ति र्‍याली बीरगंजमा पनि निकालियो

बीरगंज ५ भदौ/ शान्ति र संविधान हाम्रो भविष्य भन्ने मुल नाराका साथ स्थानीय शान्ति समितिको आयोजनामा आज वीरगन्जमा पनि शान्ति र्‍याली निकालिएको छ ।

 


वीरगन्जको घण्टाघरबाट निकालिएको र्‍याली नगर परिक्रमा पश्चात पुनः घण्टाघरमा पुगि सभामा परिणत भएको थियो । समितिका अध्यक्ष एवम् एमालेका जिल्ला अध्यक्ष विजय महतोको अध्यक्षतामा निकालिएको सो र्‍यालीमा नागरिक समाज, पार्टी प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा स्थानीय शान्ति समितिले आज साँझ बीरगंजको माईस्थान र घण्टाघरमा दिप प्रजवलन गरेका छन् ।

No comments:

Post a Comment